हाम्रो पार्टी सानो छैन, विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेको प्रतिवाद गर्नुस्: माधव नेपाल (भिडिओ)
नेपाल प्रेस
२०८१ असार २२ गते १७:३६
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गरेका छन् ।
प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेहरुको प्रतिवाद गर्न निर्देशन दिए ।
उनले भने, ‘हाम्रो पार्टी सानो छैन, हामी सशक्त छौं । हामीले चुनावमा ठूलो परिणाम ल्याउन सकेनौं भन्नुको कुुनै अर्थ छैन । अब त्यो गीत गाएर हुँदैन । अब चुनौतीको सामना गरेर उत्साहको सन्देश दिनुपर्छ।’
उनले नेपालको राजनीतिमा आफ्नो भूमिका महत्वपूर्ण भएकाले खोजी भइरहेको बताए ।
प्रतिक्रिया
One thought on “हाम्रो पार्टी सानो छैन, विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेको प्रतिवाद गर्नुस्: माधव नेपाल (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
कहाँ सानाे हुनु ? ठूलै हाे नि । राष्ट्रिय पार्टी नभएकाे मात्र हाे । रबि र उपेन्द्र यादव अनि राप्रपा भन्दा मात्र सानाे हाे । तर पनि हाम्राे पार्टी ठूलाे हाे नि । हाेईन भन्ने ? हाम्राे 10 सिट छैन ?