माधव नेपालले सुनाए ओलीले देउवासँग सहमति गर्नुअघि बालुवाटारमा प्रचण्डसँग गरेका तीन वाचा (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति अहिले कसैले पनि कसैलाई विश्वास गर्ने ठाउँबाट अघि नबढेको बताएका छन् । प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले ओलीमाथि विश्वास गर्दा अहिलेको परिस्थिति निम्तिएको बताए ।
उनको भनाइ जस्ताको तस्तै
कांग्रेस र एमालेबीच सहमति भएको दिन दिउँसो ओली र प्रधानमन्त्रीबीच चार घण्टा लामो कुरा भयो । त्यहाँ ओलीजीले तीन वटा कुरा राख्नुभयो ।
पहिलो- हामी स्वर्ग पनि नर्क पनि सँगै जान्छौं । त्यसैले पाँच वर्षसम्म सरकार यताउता हुँदैन । त्यसपछि प्रचण्डजी ढुक्क हुनुभो ।
दोस्रो- हाम्रो दुइटै कम्युनिष्ट पार्टीलाई मिलाएर लानुपर्छ, त्यही ढंगबाट अगाडि बढौं ।
तेस्रो- सरकारलाई प्रभावकारी बनाउन विज्ञहरुको बैठक राख्नुपर्यो । ७ दिनको समय राखेर छलफल गरौं ।
त्यही कुरामा ढुक्क भएर प्रधानमन्त्री बसेको बेलामा साढे १० बजे एमालेका अर्का नेता पुगेर बाहिरको कुरा हल्लामात्रै हो । त्यो गलत कुरा । भोलि बिहान दुवै जना नेता बसेर त्यसलाई खण्डन गर्ने भनेपछि ढुक्क भएर सुत्नुभएछ कुनै चिन्ता नभएपछि । बिहान उठ्दा त अर्कै सहमति भइसकेछ ।
यसमा मैले प्रचण्डजीलाई भने तपाईंले पत्याएर हो । त्यसैले पार्टीका नेताहरुलाई भन्छु, तपाईंहरुले ओलीलाई चिन्नुभएकै छैन । मैले चिनेको छु, तर मेरो व्यक्तिगत रिस र पूर्वाग्रह छैन ।
मन्त्री पठाएर कमिशन बटुल्ने धन्दा बन्द भएकाले दुई चार जनालाई छटपटी भैसक्यो ।
हाे नि । माकुनेलाई त्यहि भएकाे हाे ।
माधवकुमार नेपाल एमाले र उसको नेतृत्व प्रति अफाहा फिजाउदै
हैन, प्रचण्डले नपत्याएको भए चाहिँ के हुन्थ्यो रे हौ, माकुने बा ?
यिनको हविगत पनि राम्रै देखियो ।बिचरा ……..