वामपन्थी गठबन्धनले सर्वाधिक सिट ल्याएको विरोधमा फ्रान्समा लुटपाट र हुलदङ्गा (भिडिओ) – Nepal Press

वामपन्थी गठबन्धनले सर्वाधिक सिट ल्याएको विरोधमा फ्रान्समा लुटपाट र हुलदङ्गा (भिडिओ)

काठमाडौं । फ्रान्समा भएको दोस्रो चरणको चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टले सर्वाधिक सिट ल्याएपछि व्यापक आक्रोश आएको छ ।

त्यसको प्रतिक्रियामा फ्रान्सका सडकमा लुटपाट, हुलदङ्गाका घटनाहरू देखिएका छन् । यो खबर पश्चिमा सञ्चारमाध्यमहरूमा आएका छैनन् । रुसी सञ्चारमाध्यमहरूले भने यसको व्यापक कभर गरेका छन् ।

रुसी विश्व च्यानल आरटीले चुनावी परिणामपछिको तनावका कारण पेरिसमा मात्रै ५ हजार प्रहरी तथा फ्रान्सभर ३० हजार प्रहरी परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस्- फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनले ल्यायो सर्वाधिक सिट

आइतबार राती नतिजा सार्वजनिक हुनासाथ न्यू पपुलर फ्रन्टले आयोजना गरेको र्‍यालीमा झडप भएको थियो ।

फ्रान्सेली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चुनावी नतिजा पछिका तनावका तस्बिर तथा भिडिओहरू साझा गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर