आजबाट चीनको राजकीय भ्रमणमा बंगालदेशकी प्रधानमन्त्री, रेल बनाउन ऋण माग्ने – Nepal Press

आजबाट चीनको राजकीय भ्रमणमा बंगालदेशकी प्रधानमन्त्री, रेल बनाउन ऋण माग्ने

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आज चीन जाँदैछन् । चीनको राजकीय भ्रमणमा हसिना आजबाट तीन दिने हुने बंगलादेशी तथा चिनियाँ दुवै पक्षका मिडियाहरूले उल्लेख गरेका छन् ।

चिनियाँ विश्व च्यानल सिजिटिएनका अनुसार चिनियाँ प्रधानमन्त्री ली छियाङको आमन्त्रणमा चीन भ्रमण हुन लागेको हो ।

बंगलादेशको अखबार डेली स्टारका अनुसार बंगलादेशले चीनसँग २० अर्ब अमेरिकी डलर ऋण खोजेको छ । जसको उद्देश्य बंगलादेशको पूर्वाधार विकासमा १५ अर्ब डलर र पाँच अर्ब डलर चीनबाट हुने आयातमा तिर्न भनिएको छ ।

बंगलादेशको राजधानी ढाकाको रेलवे लाइन दुई तथा भाङ्गा-कुवाकाटा रेल वे लाइन बनाउन ऋण लिने तयारी भएको डेली स्टारले उल्लेख गरेको छ ।

यस्तै, टिस्टा परियोजना, अस्पताल लगायतका निर्माणमा पनि ऋण मागिने बताइएको छ । प्रधानमन्त्री भएको चौथो कार्यकालमा पहिलो भ्रमण भारतमा गरेकी थिइन हसिनाले ।

गत जुन २१ र २२ मा उनी भारतको राजकीय भ्रमणमा पुगेकी थिइन् । त्यो भन्दा अगाडि भने मोदीले आफ्नो तेस्रो प्रधानमन्त्री कालको शपथग्रहमा आमन्त्रणा गरेका दक्षिण एसियाली देश तथा हिन्द महासागरका देशका सरकार तथा राष्ट्रप्रमुखहरूको भ्रमणमा पनि हसिना भारत पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर