सिजीले ल्यायो ड्राइयर वासिङ मेसिन – Nepal Press

सिजीले ल्यायो ड्राइयर वासिङ मेसिन

काठमाडौं । वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधि युक्त, सि.जी वासर एन्ड ड्राइयर वासिङमेसिन, नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि.जीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सि.जी.ले यो वासिङ मेसिन ल्याएको हो ।

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरी, हिट पम्प ड्राइङ टेक्नोलोजि मार्फत कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ ।

बि ड्राइभ इन्भर्टर मोटरले १४०० आर.पि.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्ट्रा रिन्ज अनि स्पिड वाश जस्ता मोडहरु छन् ।

सि.जीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सि.जीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर