स्वर्णिमलाई राजेन्द्र बजगाईँको प्रश्न- देउवाले दिएको नियुक्ति खाएर कांग्रेसलाई नैतिकता सिकाउने ? (भिडिओ) – Nepal Press

स्वर्णिमलाई राजेन्द्र बजगाईँको प्रश्न- देउवाले दिएको नियुक्ति खाएर कांग्रेसलाई नैतिकता सिकाउने ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले रास्वपा सांसद स्वर्णिम वाग्लेले शेरबहादुर देउवा र कांग्रेससँग नैतिकताको प्रश्न उठाउने हैसियत नराख्ने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईँले देउवाले दिएको नियुक्ति खाएर पहिचान बनाएका वाग्लेसँग नैतिकताको प्रश्न उठाउने ठाउँ नरहेको बताए ।

सांसद बजगाईँले भने- एक पटक सीके राउतले बालेन शाहलाई पक्राउ गर्ने कुरा छलफल भयो थियो सरकारमा भन्नुभयो । त्यसमा त्यसमा मेरो पार्टीको सभापतिले आपत्ति जनाउनुभयो । म त्यस्तो पार्टीमा छु । कैलाश सिरोहियालाई पक्राउ गर्दा नयाँ पार्टी भएर आएका साथीहरूले प्रेस रिलिज गरेर पक्राउ गरेको ठिक छ भनेर सन्देश दिनुभयो । हाम्रो सभापतिले पाना पल्टाउँदै गयो भने उहाँबाट (कान्तिपुर) धेरै पटक आक्रमण खेपेको छु, तर पक्राउ गर्न हुँदैन भन्नुभयो । मैले हाम्रो सभापतिलाई कारबाही होस् भनेर २०७४ सालमा उजुरी दिएँ तर उहाँले मलाई गत निर्वाचनमा टिकट दिएर पठाउनुभयो । मेरो पार्टी भनेको त्यस्तो हो । एक जना विद्धान माननीयले जसले हाम्रै सभापतिको हातबाट नियुक्ति खानुभयो त्यो पनि राष्ट्रिय योजना आयोगमा । हाम्रो पार्टीबाट उदाएर अर्कोमा गएर चुनाव जितेर आएका विद्धान मित्रले हामीलाई नैतिकताको पाठ सिकाएकोमा उदेक लागेको छ ।

सांसद बजगाईँले देउवाले दिएको नियुक्ति खाएर देउवालाई नै नैतिकता सिकाउन नमिल्ने भन्दै वाग्लेलाई आफूहरूले नैतिकता सिकाउने बताए ।

वाग्लेले सोमवारै बेचन झाको पक्राउपछि सरकार ढाल्ने खेल भएको र तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा तथा उनको परिवार नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको आरोप लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर