प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न- तपाईं बूढानीलकण्ठ र बालकोट ओहोरदोहोर गरिरहन पाउने, देउवा बालकोट जान नपाउने ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न- तपाईं बूढानीलकण्ठ र बालकोट ओहोरदोहोर गरिरहन पाउने, देउवा बालकोट जान नपाउने ? (भिडिओ)

शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ती बि.कले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद वि.कले यस्तो चेतावनी दिएकी हुन् । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको बचनमा पूर्णरुपमा प्रतिवद्ध र स्पष्टता, छलकपट नगर्ने, आफ्नो बचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको बताइन् ।

उनले काँगे्रस सभापति देउवाको इमान्दारितालाई प्रधानमन्त्री दाहालले कमजोरी ठान्नु गलत भएको बताइन् । उनले सत्ताको लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको बताइन् । उनले प्रधानमन्त्री दाहाल बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालनकोट जान नपाउने हो ? भन्दै प्रश्न गरिन् ।

‘गृहमन्त्रालय एक्सनमा उत्रिएर ठूला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ? सहकारीको अबौं हिनामिना काण्डले आफ्नै धोती खुस्किएर गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबीचमा रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् । २६ वर्षदेखि मैले चिनेको दलको नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको वचनमापूर्ण रुपमा प्रतिवद्ध र स्पष्टता छलकपट नगर्ने,आफ्नो वचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्तिको रुपमा चिनेको छु’, उनले भनिन्, ‘मलाई यो नाममाथि गर्व छ । यही इमान्दारितालाई प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी ठान्नुभयो । तर उहाँले बालकोटको बाटो देखाउने तपाईं नै हो । यसमा दलको नेताको कुनै दोष छैन । तपाई बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालकोट जान नपाउने हो ?’

उनले गृहमन्त्रालय एक्सनमा उत्रिएर ठूला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन कसले रोक्यो ? भन्दै प्रश्न गरिन् ।

उनले सहकारीको अर्बौं रकम हिनामिना काण्डमा मुछिएर हालत खराब भएका गृहमन्त्रीले गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबीचमा रिलिज हुँदैन भन्ने कुरा अवगत भएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर