योगेश भट्टराईको दाबी- माओवादीलाई समेत साथमा लिएर संविधान संशाेधन गरिन्छ (भिडिओ) – Nepal Press

योगेश भट्टराईको दाबी- माओवादीलाई समेत साथमा लिएर संविधान संशाेधन गरिन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गरिने बताएका छन् ।

सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायतका दललाई साथमा लिएर अघि बढ्ने बताएका हुन् । उनले आफुहरु संविधान संशोधन दुई तिहाई नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गरे ।

उनले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस–एमाले एकैठाउमा आएको र अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर गरे । उनले सरकार गुमेका कारण माओवादी अध्यक्ष प्रचण्ड आक्रोशीत रहेकाले कांग्रेस र एमाले सम्झाउने काममात्रै गरेको धारणा राखे ।

भट्टराईले प्रचण्डलाई माओवादीको संख्याका आधारमा नभइ व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको भन्दै राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने दाबी गरे । कांग्रेस–एमालेको बाटोमा सबै दलहरु हिँड्न सके शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधानलाई गतिशिल बनाउने र मुलुकलाई सहि दिशा दिने उनको भनाइ छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर