सुत्केरी जीवालाई घर पुर्‍याइदिने कोही भएन, स्वास्थ्यकर्मीले काँध हाले (भिडिओ) – Nepal Press

सुत्केरी जीवालाई घर पुर्‍याइदिने कोही भएन, स्वास्थ्यकर्मीले काँध हाले (भिडिओ)

रुपन्देही । प्यूठानको ऐरावती गाउँपालिका-६ मा एक सुत्केरीलाई स्वास्थ्यकर्मीले नै स्टेचरमा बोकेर घरसम्म पुर्‍याएका छन् । काल्नेकी ३० वर्षीया जीवा विकलाई प्रसूति गराउन धरमपानी स्वास्थ्यचौकीमा ल्याइएको थियाे ।

छोरी जन्माएकी जीवालाई घरसम्म पुर्‍याउने कोही तयार भएन । सुत्केरी महिलालाई नछुने रुढीवादी मान्यता अहिले पनि समाजमा छ । त्यसमाथि लगातारको पानीले बाटो पनि बन्द थियो । काेही अघि नसरेपछि महिला स्वास्थ्यकर्मीले जीवालाई स्टेचरमा बोकेर करिब साढे दुई किलोमिटर मल्लरानी गाउँपालिका-३, स्थित हेल्थपोष्टबाट घर लगेका हुन् ।

जीवाका श्रीमान् भारतमा रोजगारी गर्छन् । उनी माइतमा बस्दै आएकी थिइन् । जनस्वास्थ्य निरीक्षक टुकाराम पोखरेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जीवालाई स्टेचरमा बोकेका थिए ।

ती स्वास्थ्यकर्मीको प्रशंसा गर्दै सुत्केरी उद्धारको भिडिओले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर