ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन: प्रदीप पौडेल (भिडिओ) – Nepal Press

ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन: प्रदीप पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति नरहेको बताएका छन् ।

संसद भवन बाहिर सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्नेगरी काम गर्न आग्रह गरे ।

सांसद पौडेलले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्द्धमा रहेकाले देश र जनताको लागि काम गर्न आग्रह गरे ।

‘केपी ओलीज्यूलाई दुई वटा अवसर प्राप्त भएको छ । दुई तिहाइको प्रधानमन्त्री हुनुभयो, त्योभन्दा अघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन’, उनले भने, ‘उहाँ जीवनको र राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । परिस्थितिले उहाँले फेरि नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ । झन्डै दुई तिहाइले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्ने सक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’

सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथ्या सावित गर्नेगरी काम गर्न ओलीलाई आग्रह गरे ।


प्रतिक्रिया

One thought on “ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन: प्रदीप पौडेल (भिडिओ)

  1. ओली सत्तामा रहदा गरेका कामको सुची सम्झिन नसक्ने काङ्रेसका निम्ती समर्पित सुची:

    १। भुकम्पले थलिएको मुलुकलाई संबिधानको नाममा नाकाबन्दी गर्ने भारतलाई घुँडा टेकाउनु।
    २। विपी महेन्द्र विरेन्द्र कसैले पनि गर्न नसकेको चीनसँग ब्यापार तथा पारवहनका आधा दर्जन सम्झौतामा हस्ताक्षर गर्नु र भारतले कहिल्यै नाकाबन्दी लाउन नसक्ने स्थिती तयार गर्नु।
    ३। मुलुकका अधिकाम्श दुर्गम स्थानका तुइन बिस्थापन गर्नु।
    ४। संबिधान कार्यान्वयन गर्न छोटो समयमा ३०० बढी कानून निर्माण गर्नु ।
    ५। मुलुकको परम्परागत यातायात प्रणालीलाइ सुरुङ युगमा प्रवेश गराउनु।
    ६। लोडसेडिङ हटाउन भारत सँग बिध्युत आयात सम्झौता गरी ढल्केवर – मुजफरपुर ४०० केभी ट्रान्समिसन लाइन तत्काल सम्पन्न गरी बिध्युत आयात गरेर लोडसेडिङ मुक्त बनाउनु।
    ७। बर्षौ देखी रुग्ण रहेका बिध्युत आयोजनाको प्रम आँफैले वाररुम खडा गरी मनिटरिङ्ग गरेर द्रुत सम्पन्न गरी ७०० मेगावाट बाट २२०० मेगावाट पुर्‍याउनु।
    ८। भुकम्पले ध्वस्त बनेका ८ लाख घर, हजारौ बिद्यालय, सयौ पुराताव्विक भवनहरु ३ बर्षमै सम्पन्न गर्नु।
    ९। बारा पर्सामा आएको चक्रबातले ध्वस्त ८०० सय घरहरु ६ महिना भित्र निर्माण गरी जनतालाई हस्तान्तरण गर्ने।
    १०। ३ देखी ५ हजार क्षमताका सभाहल निर्माण
    ११। प्रधानमन्त्री निवास, सन्सद भवन, प्रम कार्यालय लगायत भवन निर्माण
    १२। पुर्व पश्चिम राजमार्ग ४-६ लेनमा स्तरुन्नती, मध्य पहाडी, मदन भण्डारी, हुलाकी मार्गको द्रुत निर्माण
    १३। मधेशमा सिन्चाइ पुर्वाधारका निम्ती सुनकोशी मरिन डाइभर्सन
    १४। ४०० केभी क्षमताका ढल्केवर लगायत सबस्टेसनहरु।
    १५। चीन र भारत जोड्ने उत्तर दक्षिण आधा दर्जन सडकमार्ग निर्माण
    १६। काठमान्डौ-निजगढ फास्ट ट्र्याकको निर्माण
    १७। केरुङ – काठमान्डौ, रक्सौल – काठमान्डौ रेल मार्ग निर्माण गर्ने कामको आरम्भ (डिपिआर)
    १८। लिपुलेक – कालापानी – लिम्पियाधुराको भुमी बैधानिक रुपमा दावी
    १९। सामाजिक शुरक्षाको बिस्तार
    २०। दर्जन बढी बिमानस्थलहरुको सुधार र बिस्तार
    २१। नागढुङा – नौबिसे सुरुङ मार्ग
    २२। बुटवल पाल्पा सुरुङ मार्ग
    २३। मधेशका सदरमुकाम जोड्ने ४-६ लेनका सडक निर्माण

    लगायत लिस्ट थप्दै गए नसकिने लिस्ट बन्छन। ३९ महिना भित्र गरिएका यि कामहरु ५ पटक सम्म प्रम भएकाहरुले गरे र? नजरिया बेठिक भएपछी सम्झना न आउन सक्छ। तर यि सबै जनताका आँखामा छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर