अफलाइन राइडमा बढ्दो जोखिम, दुर्घटना गराइ फरार राइडर पक्राउ – Nepal Press

अफलाइन राइडमा बढ्दो जोखिम, दुर्घटना गराइ फरार राइडर पक्राउ

काठमाडौं । अफलाइन राइडमा जोखिम बढ्न थालेको छ । राइड शेयरिङ एपमा दर्ता भएपनि केही रकमको फाइदाका लागि राइडरले अफलान राइड गर्दा जोखिम बढेको हो । यसै क्रममा गत असार १५ गते दुर्घटना गराइ फरार राइडरहरु पक्राउ परेका छन् ।

प्रहरीले जुम्ला चन्दननाथ नगरपालिका ८ घर भएका काठमाडौं तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, गुठीचौर नगरपालिका ५ हाल मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र गुठीचौर ४ का हाल तार्केश्वर ८ बस्ने २५ वर्षीय सुरेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

रावलले चलाएको प्रदेश नं ३-०२-००७ प ६६७९ नं. को २२० सि.सि. पल्सर, धिताल बा ३६ प ३२४ र अधिकारी बा ८५ प ६२१४ नं को २२० सि.सि. पल्सर बाइकसहित उनीहरु असार २१ मा पक्राउ परेका हुन् ।

उनीहरुले असार १५ गते गोंगबुबाट ललितपुर हात्तीवनसम्म अफलाइन राइड गरेका थिए । जसक्रममा रावलले चलाएको मोटरसाइकलबाट सवार अनु गुरुङ खसेकी थिइन् भने उनलाई धितालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी थिइन् । दरबार मार्ग प्रहरीले उद्धार गरी ट्रमा सेन्टरमा उपचार गराउने क्रममा गुरुङको असार १९ गते मृत्यु भएको थियो ।

उनीहरुमाथि सवारी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *