ग्लोबल पब्लिक स्कुलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान (भिडिओ) – Nepal Press

ग्लोबल पब्लिक स्कुलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान (भिडिओ)

काठमाडौं । ग्लोबल पब्लिक स्कुलले एसईईमा उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थी र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ । स्कुलले सोमबार एक कार्यक्रम आयोजना गर्दै एसईईमा ४ जीपीए ल्याउने ६ जना विद्यार्थीसहित सम्पूर्ण उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो ।

ग्लोबल पब्लिक स्कुलबाट श्रेय भुजु, कृतिज्ञा शिल्पकार, स्वीकृति प्याकुरेल, सुभम भट्टराई, साजन पराजुली र सृजन खण्डकाले यश वर्ष एसइईमा ४ जीपीए ल्याएका थिए । ४ जीपीए ल्याउने विद्यार्थी र विद्यार्थीका अभिभावकहरूलाई विद्यालयले आज विशेष कार्यक्रममार्फत सम्मान विद्यालयले सम्मान गरेको हो ।

एसईईमा अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याउनुमा विद्यार्थीको लगनशीलतालाई सबैभन्दा ठूलो श्रेय जाने ग्लोबल पब्लिक स्कुलका प्रधानाध्यापक मात्रिका कार्कीले बताए ।

प्रधानाध्यापक कार्कीले भने, ‘हाम्रो विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ । विद्यार्थीका अभिभावकलेहरूले यस विद्यालयमाथि सुम्पिएको जिम्मेवारी हामीले पूरा गर्न सफल भएका छौं । हामीले विद्यालयको कुनै प्रशंसा गरेका होइनौ । एसईईमा यस विद्यालयले ल्याएको नतिजाको श्रेय विद्यार्थीहरूको लगनशीलतालाई जान्छ । यसका साथै विद्यालयमा पढाउने शिक्षाहरूलाई पनि यसको श्रेय जान्छ ।’

त्यस्तै, कार्यक्रममा ग्लोबल पब्लिक स्कुलको वातावरणले आफ्नो उत्कृष्ट नतिजा ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको यस वर्ष एसईईमा ४ जीपीए ल्याएकी श्रेया भुजुले बताइन् ।

श्रेयाले भनिन्, ‘ग्लोबल पब्लिक स्कुलले मलाई पारिवारिक वातावरण प्रदान गर्यो । जहाँ मेरा हरेक ससाना उपलब्धिहरूमा ग्लोबल पब्लिक स्कुलको साथले ४ जीपीए ल्याउन सफल भए । यसको श्रेय सम्पूर्ण ग्लोबल पब्लिक स्कुलको परिवार र यहाँको पारिवारिक वातावरणलाई दिन चाहन्छु ।’

त्यसैगरी, एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका अभिभावकहरूले ग्लोबल पब्लिक स्कुलको नतिजा देखेर खुशी भएको अनुभव व्यक्त गरे । अभिभावकले आफ्ना बालबालिकाहरूले ल्याएको नतिजाको श्रेय ग्लोबल पब्लिक स्कुललाई दिए ।

ग्लोबल पब्लिकबाट कुल ५६ जना परीक्षार्थीमध्ये ६ जानाले ४ जीपीए ल्याएका थिए भने ४० जानले ए प्लस र १४ जानाले ए नतिजा ल्याएका हुन् । हाल कुल ६ सय जना विद्यार्थी भएको यश ग्लोबल पब्लिक स्कुलले वि. सं. २०६२ सालदेखि पठनपाठन सुरु गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *