अशोक राई नेतृत्वको जसपाले भदौसम्म पार्टी पुनर्गठन अभियान चलाउने, १७० सदस्यीय केन्द्रीय समिति – Nepal Press

अशोक राई नेतृत्वको जसपाले भदौसम्म पार्टी पुनर्गठन अभियान चलाउने, १७० सदस्यीय केन्द्रीय समिति

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले भदौ मसन्तसम्म पार्टी पुनर्गठन अभियान चलाउने भएको छ।

पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले निर्णय गरेर देशभर पार्टी पुनर्गठन अभियान चलाउन लागेको हो।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको जसपाले अहिलेसम्म करिब ५० जिल्लामा पार्टी पुनर्गठन भइसकेको महासचिव मोहम्मद इस्तियाक राईले बताए।

उनले भने, ‘भदौ मसान्तसम्म सबै पार्टी रूपान्तरण र पुनर्गठन अभियान चलाउँछौँ। प्रदेश, जिल्ला पालिका वडासम्म पार्टी संगठन बन्छन्। जनवर्गीय संगठनसहित रूपान्तरण यहीबीचमा गर्छौँ। त्यसको नेताहरूलाई जिम्मेवारी तोकिसकेका छौँ।’

उनले अहिले पार्टीको केन्द्रीय समिति १७० सदस्यीय बनाए पनि महाधिवेशनपछि विधानमा व्यवस्था भए अनुसारको १५१ बनाउने समेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर