एमालेको सचिवालय बैठक स्थगित
नेपाल प्रेस
२०८१ असार २५ गते १३:४७
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल गर्नको लागि एमालेले बैठक बोलाएको थियो ।
एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेपछि पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर