कांग्रेस-एमालेलाई रास्वपाको जवाफ- तपाईंहरूले हामीलाई राजनीतिक संस्कार सिकाउन पर्दैन (भिडिओ) – Nepal Press

कांग्रेस-एमालेलाई रास्वपाको जवाफ- तपाईंहरूले हामीलाई राजनीतिक संस्कार सिकाउन पर्दैन (भिडिओ)

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले देशमा तीन दशकदेखि राजनीतिक बितण्डा मच्चाउनेहरुले आफूहरुलाई संस्कार नसिकाउन सचेत गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले रास्वपाको तर्फबाट तीन दशकदेखि राजनीतिक बितण्डा देखाएकाहरुले हामीलाई संस्कार नसिकाउन आग्रह गरे ।

उनले कांग्रेस-एमालेलाई लक्षित गर्दै भने, ‘अमुक व्यापारीको घरमा भएको सम्झौता सार्वजनिक भएको छैन । त्यो सम्झौताको आधारमा बन्ने आगामी दिनका ती सरकारहरु पनि यही तीन दशकको निरन्तरता हो । हामीले हाम्रो राजनीतिक इमानदारिता र संस्कार हाम्रो कार्यकालभरिमा कायम राख्नेछौं ।’

सांसद ढकालले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि सत्ता समीकरण फेरिएको दाबी गरे ।

उनले भने, ‘यो सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणले फाइल खोलेर बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल यो के र किन भनेर नागरिकले प्रश्न गरेका छन् । नागरिकले बुझेका छन् ।’


प्रतिक्रिया

One thought on “कांग्रेस-एमालेलाई रास्वपाको जवाफ- तपाईंहरूले हामीलाई राजनीतिक संस्कार सिकाउन पर्दैन (भिडिओ)

  1. मुकुल ढकाल महामन्त्री ले देखाइदिय नै बाबै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर