तेस्रो पटक मणिपुर पुगेर राहुल गान्धीले भने- म राजनीति गर्न आएको होइन, प्रधानमन्त्री आउनुपर्‍यो – Nepal Press

तेस्रो पटक मणिपुर पुगेर राहुल गान्धीले भने- म राजनीति गर्न आएको होइन, प्रधानमन्त्री आउनुपर्‍यो

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धी चुनाव जितेपछि मणिपुर पुगेका छन् । उनी यस अगाडिको ‘भारत जोडो’ यात्रामा पनि त्यहाँ पुगेका थिए भने त्यो भन्दा अगाडि जातीय दंगा भएलगत्तै शान्तिको कुरा लिएर पुगेका थिए ।

सोमबार मणिपुर पुगेका राहुलले जातीय दंगाको कारणले विस्थापितहरूको क्याम्पमा पुगेर कुराकानी गरेका थिए । घटनाको विवरण लिएका थिए । मणिपुर कंग्रेसको पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।

उनले हिन्दी र अंग्रेजी दुवै भाषामा पत्रकार सम्मेलनमा सहभागिता जनाएका थिए ।

उनले पत्रकार सम्मेलनमा भने, ‘म मणिपुर आएर राजनीतिक गर्न खोजेको होइन । मैले गभर्नर भेटेँ । क्याम्पमा विस्थापितहरू भेटे । अहिले मणिपुर दुई भाग भएको छ । यो कसैलाई राम्रो होइन ।’

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि मणिपुर आउन आग्रह गरे । मणिपुर जस्तो दंगा आफूले भारतमा कतै नदेखेको पनि उनले बताए ।

मणिपुरमा दंगा हुँदा मात्रै होइन शान्तिको समयमा पनि भारतीय प्रधानमन्त्री पुग्नुपर्ने गान्धीले पत्रकार सम्मेलनमा बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर