कोही अलमल हुनु पर्दैन, अब ७६ (२) कै सरकार बन्छ : शेखर कोइराला (भिडिओ) – Nepal Press

कोही अलमल हुनु पर्दैन, अब ७६ (२) कै सरकार बन्छ : शेखर कोइराला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन्।

जोरपाटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भनेर आफूले उठाएको मुद्दाले सार्थकता पाएको बताए।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै

कांग्रेस र एमाले मिलेर आलोपालो सरकारको नेतृत्व गरेर जाने कुरा गरेको छौं । र २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ। उहाँलाई संविधानले दिएको अधिकार हो।

मिडियाहरूमा धेरै आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ। यहाँ धेरै मिडियाहरूले मजा लागेको हो वा के हो मैले बुझ्न सकेको छैन । तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ कै हुन्छ।

यो विषयमा मैले अस्ति केही कुरा राखेको थिएँ। तर, केही कुरा बङ्गाइदिनुभयो। शेखर त ७६ (३) को सरकार खोजिरहेको हो कि भन्ने आशंका बाहिर गयो। तर, मैले त सात आठ महिनाअघि देखिनै कांग्रेस एमाले मिल्नुपर्छ भन्दै आइरहेको थिएँ। देशमा अस्थिरता निम्तिएको छ, सरकार चेन्ज भएको भइरहेको छ।

हामीहरूले स्थिर सरकार र सुशासन दिएर आर्थिक विकास गर्नुपर्छ भनिरहेको थिए। कसैले विश्वास गरेको थिएनन्। तर, त्यो कुरा आज सार्थक भएको छ।

कांग्रेस र एमाले र ७६ (२) कै सरकार बन्छ। र राजनीतिक स्थायित्व र सुशासन दिन्छौँ। संविधानमा भएको कमीकमजोरीलाई करेक्सन गर्छौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर