संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने (भिडिओ) – Nepal Press

संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने (भिडिओ)

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरुसँग बुधबारको बैठकमा छलफल गरिने उनले बताए । सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्न पीडितहरुको सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।

त्यस्तै मंगलबार सहकारी विभागका पूर्वरजिष्टारदेखि हालका रजिष्टारसँग बैठकले सामूहिक छलफल गरेको थियो । छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्यामा परेको धारणा आएको समिति संयोजक थापाले बताए ।

सहकारी विभागका पूर्व र वर्तमान रजिष्टारहरुले ऐन-नियमको अभावमा सहकारी क्षेत्रको नियमनमा बेवास्ता गर्दा बचतकर्ताहरुको रकम अपचलन भएको भनाइ राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर