होटलमा ग्राहकको हत्या गर्ने आमा छोरालाई कैद सजाय – Nepal Press

होटलमा ग्राहकको हत्या गर्ने आमा छोरालाई कैद सजाय

असार । धादिङको गल्छी गाउँपालिका-८, निबुवाबोटेमा २०८० वैशाख २७ गते राती भएको हत्याको घटनाका आरोपीहरूलाई जिल्ला अदालत धादिङले कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत धादिङको २ नम्बर इजलासले निवुवाबोटे हत्या घटनाका आरोपित सरस्वती पनेरु पण्डित, निजको छोरा नीरज पण्डितलाई जेल सजायको फैसला निर्धारण भएको हो ।

२०८१ असार २५ गते भएको फैसलामा नीरज पण्डितलाई जन्म कैद र उनकी आमा सरस्वतीलाई ७ वर्षको जेल सजाय सुनाइएको हो ।

सरस्वतीले सञ्चालन गरेको होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा गल्छी गाउँपालिका वडा नम्बर ८ कटवालपौवाका २७ वर्षीय विनोद थापा मगरलाई नीरज पण्डित र सरस्वती पण्डित समेतले छुरा प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारका लागि काठमाडौं लगिएकोमा उपचारकै क्रममा नर्भिक अस्पतालमा २०८१ वैशाख २८ गते बिहान मृत्यु भएको थियो ।

धादिङ जिल्ला अदालतको २०८० जेठ २४ गतेको थुनछेक आदेशले सरस्वती, छोरा नीरज र निरजका साथी पाल्पा तानसेन नगरपालिका किरन राना समेत गरी तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएकोमा उच्च अदालतको आदेशबाट किरन धरौटीमा थुनामुक्त भएका थिए । सरस्वती र नीरज भने पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखिएका थिए ।

शानदार होटल एण्ड लजका सञ्चालक समेत रहेकी पनेरुमाथि मृतक थापामगरको हत्या तथा केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्ति गराई मानव बेचबिखन गरेको कसुर समेत लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *