दक्षिण कोरियामा पुरुषहरुले आत्महत्या गर्नुमा महिलाको हात भएको नेताको दाबी
नेपाल प्रेस
२०८१ असार २६ गते १२:१६
काठमाडौँ । दक्षिण कोरियाका एक नेताले त्यो देशमा बढेको पुरुषको आत्महत्यामा महिलाको हात भएको दाबी गरेका छन् ।
बेलायती मिडिया बीबीसीका अनुसार महिलाको धेरै हस्तक्षेपकारी भूमिकाको कारण पुरुषहरूको आत्महत्या भएको ती नेताले दाबी गरेका छन् ।
राजधानी सिओलका सिटी काउन्सिल किम कि डकले यस्तो आरोप लाएका हुन् ।
महिलाहरू जागिर क्षेत्रमा धेरै सक्रिय भएपछि पुरुषहरूले जागिर कम पाउन थालेको र त्यसको कारणले पनि पुरुषहरूको आत्महत्या भएको उनले दाबी गरेका छन् ।
विकसित विश्वमा दक्षिण कोरिया सबैभन्दा धेरै आत्महत्या गर्नेहरूको देश भएको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया