पर्वतका शिक्षाका लागि बेलायतमा च्यारिटीमार्फत २० लाख संकलन – Nepal Press

पर्वतका शिक्षाका लागि बेलायतमा च्यारिटीमार्फत २० लाख संकलन

पोखरा । बेलायतमा बस्ने पर्वतीहरुको साझा संस्था पर्वत वेलफेयर सोसाइटी यूकेले पर्वतको शिक्षाका लागि आयोजना गरेको च्यारिटी कार्यक्रममा करिब २० लाख संकलन गरेको छ ।

पर्वतको विहादी, मोदी तथा अन्य गाउँपालिकाका जेहेन्दार, निम्न वर्गका विद्यार्थीको सहयोगका लागि उक्त च्यारिटी गरिएको सोसाइटीकी अध्यक्ष अप्सरा गुरुङले जानकारी दिइन् । कार्यक्रमबाट संकलित रकम विद्यालय र गाउँपालिकालाई हस्तान्तरण गरिने अध्यक्ष गुरुङले बताइन् ।

कार्यक्रमको प्रमुख अतिथि बेलायतमा रहेको नेपाली राजदुतावासका रोशन खनाल थिए । कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए अभियान्ता कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीसहितका उपस्थिति थिए ।

कार्यक्रममा करिब २५० जनाको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर