युट्युब इतिहासमै ३०० मिलियन सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो ‘मिस्टर बिस्ट’ – Nepal Press

युट्युब इतिहासमै ३०० मिलियन सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो ‘मिस्टर बिस्ट’

काठमाडौं । चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ को च्यानलले ३०० मिलियन सब्सक्राइबर पुर्याएको छ । युट्युब इतिहासमै ‘मिस्टर बिस्ट’को च्यानल ३०० मिलियन अर्थात् ३० करोड सब्सक्राइबर पुर्याउने पहिलो च्यानल बनेको हो ।

मिस्टर बिस्टले आफ्नो एक्स अकान्टमा उक्त ३० करोड सब्सक्राइबर पुर्याएको कुरा सार्वजनिक गरेका छन् ।

गत जुन २ मा मात्रै मिस्टर बिस्टको च्यानलले भारतीय ‘टि सिरिज’ लाई उछिन्दै युट्युबकै सर्वाधिक सब्सक्राइबर भएको च्यानल बनेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर