सीप सिकाउँदै युवा परिषद्, सीपले उत्साहित बन्दै युवा – Nepal Press

सीप सिकाउँदै युवा परिषद्, सीपले उत्साहित बन्दै युवा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१८ का सिर्जन बास्तोला विदेश जाने सोचको साथ हेटौंडाको एउटा इन्स्टिच्युटमा भाषा पढ्दै थिए । नेपालमा बसेर खासै आर्थिक प्रगति गर्न नसकिने ठानेर उनी विदेशिने तयारीमा थिए ।

यहि समयमा प्रदेश युवा परिषद् हेटौंडाले खाना बनाउने (कुक) तालिम सुरु गर्दैछ भन्ने थाहा पाए र सोही तालिममा उनी होमिए । तालिमकैबीचमा अब नेपालमानै लगानी गरेर काम गर्न सकिने हौसला उनलाई मिल्यो ।

तालिमकै क्रममा उनले मकवानपुरको राम्रो पर्यटनको सम्भावना बोकेको हेटौंडा-१८ स्थित गुम्बाडाडा क्षेत्रमा उनले होटल बनाउने सोचको साथ कस्ट्रक्सनको काम सुरु गरे । अहिले उनी त्यो कामको अन्तिम तयारीमा जुटेका छ्न् । उनी भन्छन‘भदौबाट अब आफ्नै काम सुरु गर्ने चरणमा छु, तालिमबाट सिकेको सिपलाई अब काममा रुपान्तरण गर्दैछु ।’

हेटौँडा उपमहानगरपालिका वडानम्बर १ की सर्मिला विक स्वरोजगार बन्ने सप

ना संगालिरहेकी हुन्थिन् । परिवारको आर्थिक अवस्था कमजोर रहेको उनलाई स्वरोजगार बन्न केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो ।

तर के गर्ने, कता जाने, उनी अन्यौलमै थिइन् । अहिले उनी हेटौँडा १ चौकीटोलमा प्रदेश युवा परिषद बागमतीले सञ्चालन गरेको ब्युटिशीयन तालिममा सहभागी भएकी छिन् । सीप सिक्दै गर्दा उनमा आत्मविश्वास भरिएको छ । पार्लर सञ्चालन गरेर उद्यमी बन्ने उनको योजना छ ।

वागमती प्रदेश सरकार अन्तरगर युवा परिषद्कै पहलमा यो वर्ष प्रदेश सीप वर्ष घोषणा भएको छ । सो घोषणालाई सार्थक तुल्याउन परिषद्ले चालू आर्थिक वर्षमा ४ हजार ६ सय ६० जना युवालाई विभिन्न विषयको तालिम प्रदान गरिसकेको छ । परिषदले चालू आर्थिक वर्षमा ५ हजार युवालाई तालिम दिने उदेश्य राखेको छ ।

तालिमबाट केही युवाले कामको सुरुवात गर्ने सोछ बनाइरहेका छ्न भने केही युवाहरुले कामको सुरुवात पनि गरिसकेका छ्न् । यसैको उदाहरण हुन् चितवनकाे राप्ती नगरपालिका-९ कि प्रेमा तामाङ ।

जोखिमयुक्त काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने नेपाली समाजको आम बुझाई रहेको छ । तर चितवन राप्ती नगरपालिका वडानम्बर ९ की प्रेमा तामाङलाई भने आफू पनि पुरुष सरह जोखिम उठाउन सक्छु भन्ने लाग्यो । उनले चितवनको बिरेन्द्र नगरमा बिल्डिङ इलेक्टिशियन तालिम लिइन् । २० जना पुरुष सहभागी तालिममा उनी एक्लै युवती सहभागी भइन् ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकाकी सुशीला घले पनि प्लविङ तालिम लिइरहेका २० जना सहभागी मध्य एकमात्रै महिला हुन् । उनीहरु उत्साहपुर्वक तालिममा सहभागी भए । अहिले उनीहरु गाउँघरमा बिजुली र प्लम्बिङ्गको काम गरिरहेका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका वडानम्बर १० का जितेन्द्र प्रधानले काभ्रे बहुमुखी क्याम्पसाट स्नातक उतीर्ण गरेका छन् । कृषि कर्ममा रुची भएका प्रधानले अहिले २ वटा टनेलमा तरकारी खेती गरेका छन् । बागमती प्रदेश युवा परिषद्बाट बेमौसमी तरकारी खेती सम्बन्धि तालिम लिएका प्रधानले गोलभेड, काक्रो अकबरे खुर्सानी फलाएका छन् ।

५० हजार मूल्यका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् । २२ जना युवाले यो तालिम लिएका थिए । तालिम लिएपछि उनमा थप हौसला बढेको छ । सीप भए स्वदेशमै बसेर उद्यमी बन्न सकिने प्रधानको बुझाइ छ ।

स्वदेशमा काम गर्ने उपयुक्त वातावरण नदेखेर लाखौ युवा रोजगारीका लागि बिदेशिएका छन् । युवालाई स्वदेशमै स्वरोजगार भई उद्यमशील बनाउन प्रदेश युवा परिषद् बागमतीले यसवर्ष प्रदेशका १३ जिल्लाका ५ हजार युवालाई विभिन्न सीप मुलक तालिम प्रदान गरेको थियो ।

हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ का विकास घलान र बुद्धि बहादुर बोम्जनले अघिल्लो वर्षनै बागमती प्रदेश युवा परिषद्ले सञ्चालन गरेको कपाल काट्ने तालिम लिएका थिए । अघिल्लो वर्ष तालिम लिएका यी दुबै युवाले अहिले आफ्नो गाउँघरमा शैलुन व्यवसाय सञ्चालन गरेका छन् ।

बागमती प्रदेश सरकारले आर्थिक २०८१–०८२ को बजेटमै युवा सीप वर्ष घोषणा गरेको छ । युवालाई दक्ष जनशक्तिका रुपमा रुपान्तरण गर्न प्रदेश सरकारले यस आर्थिक वर्षमा १० करोड रुपैयाँ खर्च गरेको छ । तालिम सञ्चालन भएका ठाउँमा स्थानीय तहले सहकार्य र अनुगमन गरेका थिए । यस वर्ष २६ वटा विधामा तालिम सञ्चालन भएको परिषद्ले जनाएको छ ।

परिषद्ले कुक वेटर, हाउसकिपिङ, बारिष्ठ, गार्भेन्ट एण्ड टेलरिङ, फेसन डिजाईनर, फर्निचर, प्लम्बीङ, बिल्डीङ इलेक्ट्रीसियन, नर्सरी तथा गार्डेन ब्यवस्थापन, ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता, ब्युटीपार्लर, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, मन्टेश्वरी, लगायतका तालिम दिएको छ ।
केही युवाहरुले लेभल वान तालिम सकेर व्यवसाय सुरु गरिसकेका छ्न् भने परिषद्ले दिएको दोश्रो चरण अर्थात लेभल टुको तालिमबाट थप उर्जा पाएकोसिन्धुली कमलामाई नगरपालिका वडानम्बर ३ की नेहा श्रेष्ठको बुझाई छ ।

बागमती प्रदेश युवा परिषद्बाट ब्युटीपार्लर लेभल वान तालिम लिएकी थिइन् । उनले पार्लर सञ्चालन गरिरहेकी छिन् । परिषद्ले सञ्चालन गरिरहेको लेभल टु तालिममा सहभागी श्रेष्ठमा अझै हौसला थपिएको बताउँछिन् ।

तालिममा आएका युवाहरु तालिम प्राप्त गर्दै गर्दा उत्साहित भएको र उनीहरुको सोचमा परिवर्तन आएको कुक तालिममा प्रशिक्षण रहेकी सुजिता भुजेलले बताइन् । तालिम लिएपछि उनिहरुमा आत्मविश्वास बढेको आफूले पाएको उनको भनाई छ ।

दक्ष युवा भए स्वदेश र विदेश जहाँ गएपनि दु:ख पाउदैनन् : कार्यकारी उपाध्यक्ष चौलागाईं

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सीप परिक्षण गर्न बागमती प्रदेश युवा परिषदले सिटीभीटीसँग सम्झौता गरिसकेको बताए ।

तालिम लिएका युवाको सीप परिक्षण गरेर पास भएकाहरुलाई टेवा पुँजी दिने कार्यविधी बनाए । आफूहरुले कार्यन्वयनको चरणमा लगेको उपाध्यक्ष चौलागाईले बताए । सीप सिकेका युवा स्वदेशमै बसे उनीहरु स्वरोजगार बन्नेछन् ।

विदेश गएपनि सीपयुक्त युवाले अझै धेरै आम्दानी लिन सक्छन् भन्दै आफूहरुले तुरुन्तै सीप परिक्षणको व्यवस्थापन मिलाएको उनको भनाई रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर