बेल्जियमका पाँच दलद्वारा गठबन्धन सरकारको वार्ता सुरु – Nepal Press

बेल्जियमका पाँच दलद्वारा गठबन्धन सरकारको वार्ता सुरु

काठमाडौं । बेल्जियममा दक्षिणपन्थी दलहरूलाई बढावा दिने विधायिकी चुनावको एक महिनापछि पाँच समूहहरू फ्लेमिश कन्जरभेटिभ नेता बार्ट डे वेभरको वरिपरि गठबन्धन सरकार गठनका लागि औपचारिक वार्ता गर्न सहमत भएका छन् ।

एक दशकदेखि डच–भाषी फ्ल्यान्डर्स क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने एन–भिए पार्टीका प्रमुख डे वेभरले बुधबार राजा फिलिपलाई भेटेको र राजाले उनलाई गठबन्धन बनाउन भनेको बताए ।

बेल्जियममा सामान्यतया गठबन्धन बनाउने व्यक्ति प्रधानमन्त्री बन्ने गर्छ ।

वार्तामा अन्य चार दल सहभागी छन् । बेल्जियमको एक सय ५० सिट भएको संसद्मा पाँचै दलले ८१ सिटको बहुमत राखेका छन् । उनीहरुले गठबन्धन सरकार गठनका लागि औपचारिकरूपमा वार्ता सुरु गर्न मङ्गलबार सहमति जनाएका छन् ।

बेल्जियमको जुन ९ को चुनाव भएको थियो । प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोको निवर्तमान सरकारले संसदीय बहुमत प्राप्त गर्न सकेन ।

डी क्रो आफ्नो उत्तराधिकारीको नाम घोषणा नभएसम्म कामचलाउ सरकारको नेताका रूपमा कायम रहनेछ ।

पछिल्लो पटक सन् २०१९ मा भएको मतदानपछि सात दलको गठबन्धनलाई मिलाउन चार सय ९३ दिन लागेको थियो । यो सन् २०१०–२०११ मा भएको पाँच सय ४१ दिनको रेकर्डभन्दा अझै कम हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *