शिवरात्रि मेलामा पशुपतिमा कपडा किन्दा बसेको ‘माया’ बलात्कारको आरोपमा टुंगियो
काठमाडौं। शिवरात्रि मेला भर्न पशुपतिनाथ जाँदा भएको चिनजान अन्ततः बलात्कार आरोपमा आएर टुंगिएको छ ।
२०७९ सालको शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा कपडा पसल थापेका युवक त्यही बेला चिनजान भएकी किशोरी अनिता (नाम परिवर्तन)को उजुरीपछि प्रहरी हिरासतमा पुगेका छन् ।
किशोरीकी आमाले पीडितका तर्फबाट रौतहटका २४ वर्षीय रमन (नाम परिवर्तन)विरुद्ध जाहेरी दिएकी थिइन्। अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गर्दै बलात्कार गरेको आरोप लगाइएको छ ।
प्रहरीमा अनिताले बताएअनुसार शिवरात्रिमा उनले रमनको पसलबाट कपडा किनेकी थिइन् । तर कपडा ‘चेक’ गर्ने ठाउँ नभएकाले आफूले रमनको मोबाइल नम्बर लिएर गएको र नमिले फेर्न आउँछु भनेको उल्लेख गरेकी छिन्। मोबाइलमा नम्बर ‘सेभ’गरेपछि नियमित कुराकानी हुने गरेको उनको भनाई छ ।
रमनले २०८० को दशैँ बेला भेट्न वसन्तपुर बोलाएको र त्यहीँबाट होटल पुर्याएको बताएकी छिन्। विवाह गर्छु भन्दै आफूलाई रमनले जबरजस्ती गरेको अनिताको भनाई छ ।
यता पक्राउ परेका रमनले भने कपडा किनेको भोलिपल्ट अनिताले सामान ड्यामेज रहेछ भन्दै अर्को साटेर लगेको र आफ्नो मोबाइल नम्बर पनि लगेको बयान दिएका छन् । त्यसपछि अनिता आफैले माया प्रेमको कुराकानी गरेको र आमाले गाली गर्नुहुन्छ चाँडो विवाह गरौँ भन्दै दबाब दिने गरेको उल्लेख गरेका छन् ।
रमनका अनुसार अनिताले उनलाई आफ्नी आमासँग पनि चिनाएकी थिइन् । तर २०८० को दशैँमा रमनले अनितालाई होटलमा लगेकोबारे थाहा पाएपछि आमाले आफूसँग बारम्बार बार्गेनिङ गरेको दाबी गरेका छन् । रमनका अनुसार अनिताकी आमाले झन्डै १०/१२ लाख रुपैयाँ उनीबाट लगेकी छिन् ।
पछिल्लो पटक डेढ लाख रुपैयाँ मागेपछि आफूले दिन नसक्ने बताएकाले बलात्कारको उजुरी दिएर फसाई दिन्छु भन्दै धम्की दिएको रमनको दाबी छ। यति बेला रमनविरुद्ध १४ वर्षसम्म कैद सजाय माग गरेर अभियोगपत्र दायर भएको छ।
कानुन नै पुरुष बिरोधी छ। राज्य नै पुरुषको बिरोधमा मुद्दा लडछ!