यात्रुवाहक बस बगाएको घटनाले नेकपा स्तब्ध, उद्धारमा जुट्न विप्लवको निर्देशन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नारायणगढ-मुग्लिन सडक खण्डमा पहिराले दुई वटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै विप्लवले २ वटा यात्रुवाहक यातायातका साधनलाई पहिरोले बगाउँदा ५ दर्जन भन्दा धेरै नागरिक बेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताएका हुन् ।
विप्लवले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘केहि दिनदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो, डुबान र कटानले देशव्यापी ठूलो धनजनको क्षति भएको छ ।’,
विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन तथा जिउधनको क्षति भएकाहरूको उचित क्षतिपूर्ति यथाशीघ्र उपलब्ध गराउन सरकारसँग माग गर्दछ ।’
विप्लवले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशनसमेत दिएका छन् । ‘…पार्टीका सबै नेता–कार्यकर्तालाई राहत र उद्धारमा खट्न निर्देशन गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ ।’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आफैं नेपाली जनता मार्ने नेत्रेको नाटक !