प्रत्यक्षदर्शी चालकको बयान- मैले स्लो गरेँ, हेर्दाहेर्दै दुई बस ठाडो भएर खसे (भिडिओ) – Nepal Press

प्रत्यक्षदर्शी चालकको बयान- मैले स्लो गरेँ, हेर्दाहेर्दै दुई बस ठाडो भएर खसे (भिडिओ)

चितवन । आज बिहान साढे तीन बजेको समयमा चितवन र आसपासमा पानी परिरहेको थियो । गएरातिदेखि नै नारायणगढ-मुग्लिन सडक ठाउँ ठाउँको पहिरोले बन्द थियो । गाडीहरू घ्याच्च घ्याच्च रोकिँदै अघि बढ्दै थिए ।

चितवन प्रहरीका अनुसार पूर्वपश्चिम र काठमाडौं जाने सावरीसाधन दैनिक २० हजारको हाराहारीमा यहाँका सडकमा गुड्छन् ।

बाटो बन्द भएको कारण यस सडकमा सवारीको जाम पनि बाक्लै हुन्छ । त्यही बीचमा जीवन सुनार काठमाडौं यात्रु बोकेर जाँदै थिए ।

उनको अगाडि थियो बागमती प्रदेशको १५१६ नम्बरको रातो रंगको बस । प्रहरीका अनुसार बसमा ४१ जना सवार थिए । उक्त बसको पछाडि रहेका चालक जीवन सुनार पनि बिस्तारै बिस्तारै अघि बढिरहेका थिए ।

‘म बिस्तारै आउँदै थिएँ, अगाडि रातो रंगको बस थियो । अलि पछाडि हामी जाममा पर्‍यो । त्यसपछि अगाडि बढ्यौं, उनी भन्छन्, – अलि अगाडि आएपछि पनि जाम पर्‍यो । म एकछिन रोकिएँ । मेरो अगाडिको बस अघि बढ्यो । बाढी माथिबाट आउँदै थियो अगाडिको भाग पहिले बगायो, त्यसपछि उताबाट आएको बस पनि त्यही बेला पहिले अगाडिको भाग बगाएर पछाडिको ठाडो बनाउँदै नदीमा खस्यो ।’

जीवनले पहिले आफ्नै तर्फबाट आइरहेको र पछि काठमाडौंबाट आइरहेको दुवै बस त्रिशूलीमा खसेको देखे । बस बाटोबाट त्रिशूलीमा खसेपछि हराइरहेको छ । दुवै बस खोज्न तालिमप्राप्त गोताखोरको टोली खटिएका छन् । भने, प्रहरी, चितवनका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीसहितको टोलीले उद्धार कार्य गरिरहेका छन् । दुवै बसमा गरी ६५ जना सवार रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *