विद्युतीय प्रणालीमार्फत एक महिनामा ५४ खर्ब १४ अर्ब बढीको कारोबार – Nepal Press

विद्युतीय प्रणालीमार्फत एक महिनामा ५४ खर्ब १४ अर्ब बढीको कारोबार

काठमाडौं । विद्युतीय प्रणालीमार्फत एकै महिनामा ५४ खर्ब १४ अर्ब ८२ करोड बराबरको कारोबार भएको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को जेठ महिनामा मात्रै विद्युतीय प्रणालीमार्फत १३ करोड १५ लाख ७ हजार ३४० पटक लेनदेन हुँदा ५४ खर्ब १४ अर्ब ८२ करोड ७० लाख बराबरको विद्युतीय प्रणालीमार्फत भएको हो ।

अघिल्लो महिना वैशाखमा मात्रै ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको विद्युतीय प्रणालीमार्फत कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा सबैभन्दा बढी आरटीजीसी प्रणालीमार्फत कारोबार हुने गर्छ । ‘आरटीजीसी’ प्रणाली ठुलो अथवा अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो ।

जेठ महिनामा सबैभन्दा बढी ‘आरटीजीसी’ प्रणालीमार्फत ३४ खर्ब ६१ अर्ब ५३ करोड ६० लाख रुपैयाँको लेनदेन भएको छ ।

त्यस्तै, कनेक्ट आईपीएस मार्फत ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँको लेनदेन भएको छ । भने, इसीसीमार्फत ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँको लेनदेन भएको ।

सबैभन्दा कम प्रिपेड कार्डमार्फत ७० करोड २० लाख रुपैयाँको कारोबार भएको देखिन्छ ।

नेपालमा आरटीजीसी, वालेट, एटिएम, आईपीएस, मोबाइल बैंकिङ, ईसीसी, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ, क्यूआर बेस पेमेन्ट, पीओएस र ई–कमर्स जस्ता विद्युतीय प्रणालीहरूमार्फत कारोबार हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *