प्रधानमन्त्रीको प्रस्ताव- संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको प्रस्ताव- संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने खुला छलफल गर्न आह्वान गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव पनि अघि सारे ।

आज संसदमा बोल्दै उनले केही पश्चिमी देशहरूको नक्कल गरेर दुई दलीय व्यवस्था लागू गर्न खोजिएको ओपन सेक्रेट भएको बताए ।

उनले भने, ‘म भन्न चाहन्छु, ४७ सालदेखि ६३ सलसम्म तपाईँहरूले भनेकोजस्तै व्यवस्था र अवस्था थियो नि । स्थायित्व थियो त त्यतिबेला ? १६ वर्षमा १५ वटा सरकार बनाउने तपाईँहरू नै होइन ? स्थिरता हो त्यो ? समानुपातिक समावेशी नभएपछि सबै ठिक हुन्छ ? संविधान संशोधन नै गर्ने हो भने आउनुस् खुला छलफल गरौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं। दलित र महिलाको प्रतिनिधित्व अझै बढाऔं । विपन्न वर्गको पहुँच बढाएर लैजाऊँ । फेरि महिला, दलित, आदिवासी, मुस्लिम, धार्मिक अल्पसंख्यकलाई पहिलेजस्तै राज्यका निकायमा प्रतिनिधित्वविहीन बनाउने षडयन्त्र अब नेपालमा किमार्थ सफल हुने छैन । हिजो जसको प्रतिनिधित्व केवल प्रतिकात्मक र निरंकुश सामन्तहरूको दयामा आधारित थियो । त्यो सुनिश्चित भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर