सदनमा प्रधानमन्त्रीको सम्बोधन : कांग्रेस-एमालेप्रति आगो, सरकारको उपलब्धिको बयान (पूर्णपाठ) – Nepal Press

सदनमा प्रधानमन्त्रीको सम्बोधन : कांग्रेस-एमालेप्रति आगो, सरकारको उपलब्धिको बयान (पूर्णपाठ)

काठमाडौं । विश्वासको मत माग्न संसदको रोष्टममा उक्लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेविरुद्ध आगो ओकलेका छन् ।

सरकारको सुशासनप्रतिको काम र प्रतिवद्धतादेखि डराउँदै कांग्रेस र एमाले मिलेको आरोप लगाए । दुई ठूला दलहरूको मिल्तीले निरंकुसता बढाउने उनको दाबी गरेको छ । दुई दललाई बिचौलियाले मिलाएको जिकिर गर्दै उनले सधैँ खबरदारी गर्नेसमेत उद्घोष गरेका छन् ।

प्रधानमन्त्रीले २४ पन्ने सम्बोधनका अधिकांश शब्द कांग्रेस र एमालेको नेतृत्वमा खर्चिएका छन् । अझ ओलीमाथि उनको बढी आक्रोश देखिन्थ्यो ।

सँगै आफू नेतृत्वको सरकारले गरेका कामका उपलब्धि पनि उनले बयान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर