कांग्रेसलाई प्रचण्डको आग्रह- संसद निल्ने प्रयास गर्नसक्छन्, जोगाउनुहोला
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई संसद जोगाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले संविधान नकुल्ची सरकार गठन गर्न आग्रह गरे ।
उनले भने, ‘म कांग्रेस-एमालेका साथीहरूलाई पनि सहकार्यको बधाईसहित केही भन्न चाहन्छु । तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला । कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।’
प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम र बजेटमा संसदको भूमिका थोरै भए पनि बढाउने प्रयास गरेको बताएका छन् ।