प्रचण्डलाई लेखकको व्यंग्य- जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाएर गल्ती गर्‍यौं कि ! – Nepal Press

प्रचण्डलाई लेखकको व्यंग्य- जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाएर गल्ती गर्‍यौं कि !

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले प्रतिपक्ष कमजोर नहुने देखिसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिने बैठकलाई सम्बोधन गर्दै उनले जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर गल्ती गर्‍यौं कि भन्दै व्यंग्य गरे ।

उनले भने, ‘संसदीय व्यवस्थामा दुई ठूला राजनीतिक दलहरु मिले भने प्रतिपक्ष कमजोर होला भन्ने चिन्ता भइरहेको देखिन्छ, तर आज प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा यो रोष्ट्रममा उभिँदा मैले प्रमुख प्रतिपक्ष दलको नेताको रुपमा देखिसकेकाले अब सदनमा प्रतिपक्ष कमजोर हुन्न भन्ने लाग्छ । बरु एउटा गल्ती भएछ कि ? यस्तो जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजोअस्ति कमजोरी गर्‍यौं कि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर