प्रचण्डलाई कांग्रेसको जवाफ- संविधान संशोधन पश्चगमन होइन, ठूला दल मिल्दैमा तर्सिनु पर्दैन (भिडिओ) – Nepal Press

प्रचण्डलाई कांग्रेसको जवाफ- संविधान संशोधन पश्चगमन होइन, ठूला दल मिल्दैमा तर्सिनु पर्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको कुरा उठाउनु कुनै गलत नभएको बताएको छ ।

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको नाममा देशलाई द्वन्द्वतिर लैजान नखोज्नु भन्दै चेतावनी दिएपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफू संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘संविधान संशोधनको विषय उठाएर छलफल गर्नु पश्चगमन होइन । यो अग्रगमन हो । संविधान पूजा कोठामा राखेर पाठ गर्नको लागि बनाएको पुस्ततको रूपमा लियौं भने कमजोर हुनसक्छ । ‘

उनले दुई ठूला पार्टी मिल्दैमा तर्सिएर आत्तिनुपर्ने अवस्था नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर