प्रचण्डलाई एमालेको जवाफ- ढुक्क हुनुहोस्, स्वर्ग जाँदा तपाईंलाई सँगै लैजान्छौं (भिडिओ) – Nepal Press

प्रचण्डलाई एमालेको जवाफ- ढुक्क हुनुहोस्, स्वर्ग जाँदा तपाईंलाई सँगै लैजान्छौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशलाई अग्रगमनमा लैजान आफूहरुले संविधान संशोधनको कुरा उठाएको बताएका छन् ।

प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले प्रचण्डको सहभागितासहित संविधान संशोधन गर्न चाहेको बताए ।

उनले भने, ‘तपाईंको सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौं । तपाईंलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्छु, व्रिदोह हुन्छ भन्नुहुन्छ भने अब सम्भव छैन, अब बाटो छैन । तपाईं पनि यही हलभित्रै हो हामीसँगै । त्यसैले हाम्रो अध्यक्षले स्वर्ग गए पनि नर्क गए पनि सँगै भनेको त्यो हो । तपाईंको पदको लागि होइन । सँगै जाऔंला नि भनेको हो । त्यसैले स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौं । नर्क त जाँदै जाँदैनौं । यति कुरा ढुक्क हुनुस् । तपाईंलाई छुट्न दिँदैनौं । छुटेर जाने तपाईंको पनि ठाउँ छैन ।’

त्यसअघि प्रचण्डले विश्वासको मत माग्दै ओलीले आफूलाई स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔंला भनेर ढाटेर कांग्रेससँग मिलेको बताएका थिए ।


प्रतिक्रिया

One thought on “प्रचण्डलाई एमालेको जवाफ- ढुक्क हुनुहोस्, स्वर्ग जाँदा तपाईंलाई सँगै लैजान्छौं (भिडिओ)

  1. संसदमा माननिय योगेश भट्टराईले गहन र तर्कयुक्त विचार राख्नु भयो । दमदार छ योगेस कमरेड🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर