प्रचण्डलाई नेकपा एसको सुझाव- देउवासँग सम्बन्ध नबिगार्नू, चार महिनामै परिस्थिति अनुकूल हुन्छ (भिडिओ) – Nepal Press

प्रचण्डलाई नेकपा एसको सुझाव- देउवासँग सम्बन्ध नबिगार्नू, चार महिनामै परिस्थिति अनुकूल हुन्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमाणि चौधरीले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध नबिगार्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा बैठकमा बोल्दै चार महिनामै परिस्थिति प्रचण्डको पक्षमा आइपुग्ने उनले जिकिर गरे ।

उनले भने, ‘तपाईंले मान्छे चिन्नुभएकै रहेनछ । अब त चिन्नुभयो होला नि ! हामी त तपाईंकै साथमा छौं, रहन्छौं । तर, तपाईंले पटक-पटक हामीलाई छाड्नुभएर यो परिस्थितिको सामना गर्नुपरेको छ । अहिले पनि कांग्रेस सभापतिलाई दोषी नदेख्नुहोला । उहाँसँगको सम्बन्ध सन्तुलनमा राख्नुहोला चार महिनामै परिस्थिति अनुकूल भइहाल्छ । एक सय प्रतिशत चार महिनामा परिस्थिति तपाईंकै पक्षमा हुन्छ ।’

उनले संसद विघटन गर्ने स्थितिमा पुग्ने जिकिर गर्दै कांग्रेस सभापति देउवालाई पनि साक्षी नबस्न आग्रह गरे ।

चौधरीले प्रचण्डले ठूलाको साथ खोज्दा आफूहरूलाई बेलाबेलामा भुलिरहे पनि नेकपा एस सँगै रहेको बताए । प्रचण्ड अस्थिर भए पनि मनको सफा भएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर