कांग्रेस-एमालेलाई प्रभु साहले भने: यही सिस्टमलाई लोकतन्त्र भन्नुहुन्छ भने म थुक्छु (भिडिओ) – Nepal Press

कांग्रेस-एमालेलाई प्रभु साहले भने: यही सिस्टमलाई लोकतन्त्र भन्नुहुन्छ भने म थुक्छु (भिडिओ)

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कांग्रेस र एमालेको नैतिकतामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा बैठकमा बोल्दै जनतासँग गरेको बाचा विपरित अघि बढेको आरोप लगाए ।

उनको भनाइ जस्ताको तस्तैः

गत निर्वाचनमा दुईवटा गठबन्धन चुनावी प्रतिस्पर्धा गरेको थियो, कांग्रेस र एमालेका नेतृत्वको गठबन्धन । तपाईंहरुले जनतामा के भनेर भोट माग्नुभएको थियो ?

कांग्रेसका नेताहरुले भोट माग्दा अब एमालेसहितको सरकार बनाउँछु भनेर माग्नुभएको थियो ? एमालेको नेताहरुले कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्नुभएको थियो ? यदि थिएन भने कुनै नैतिकताले अहिले मिल्दै हुनुहुन्छ ?

जनताप्रति जवाफदेही हो कि होइन ? जनतासँग के बाचाले चुनाव जितेर आउनुभएको छ ? प्रतिबद्धता र घोषणापत्र देखाएर आउने अनि जे पनि गर्न मिल्छ ?

तपाईंले मानेको कुरा गरेन भने पदबाट निकाल्दिनुहुन्छ, अनि जनताले भनेको नगर्दा केही नगर्ने ? नैतिकता भन्ने चिज हुन्छ कि हुँदैन ? जनताप्रति जवाफदेही हुन्छ कि हुँदैन । यदि यही सिस्टमलाई लोकतन्त्र भन्नुहुन्छभने म यसलाई थुक्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर