दक्षिणकालीमा पहिरोले गुम्बा पुरिँदा थिचिएका एक बालकको मृत्यु – Nepal Press

दक्षिणकालीमा पहिरोले गुम्बा पुरिँदा थिचिएका एक बालकको मृत्यु

काठमाडौं । दक्षिणकालीस्थित एक गुम्बा पहिरोले पुरिँदा थिचिएकामध्ये एक बालकको निधन भएको छ ।

शुक्रबार अपरान्ह थाइ गुम्बामाथि पहिरो खस्दा ६ जना बालक पुरिएका थिए । ६ जनाको उद्धार गरी अस्पताल ल्याइएपनि एक जनाको उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

अन्य पाँच जनाकाे उपचार भइरहेकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *