राष्ट्रपतिले संविधानलाई मिच्नुहुन्न, ७६ (३) कै सरकार बन्छ : माधव सापकोटा – Nepal Press

राष्ट्रपतिले संविधानलाई मिच्नुहुन्न, ७६ (३) कै सरकार बन्छ : माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिएपछि संविधानको ७६ (३) अनुसार नै सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था रहेको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि अहिले राष्ट्रपतिकहाँ गएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री संसदमा भएको गतिविधि रिपोटिङ गर्न राष्ट्रपतिकहाँ जानुभएको छ। प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिएपछि संविधानको ७६ (३) अनुसार नै सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था छ । हामीले यसैको माग राष्ट्रपतिलाई गर्छौँ। हामीलाई आशा छ राष्ट्रपतिले संविधानलाई मिच्नुहुन्न । संविधानलाई पालना र संरक्षण गर्ने जिम्मेवारी पनि छ ।’

राष्ट्रपतिले कानूनका ज्ञाताहरुसँग परामर्श गरेर निर्णय लिने उनको विश्वास छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर