प्रधानमन्त्री सरकारी गाडीमा, उपप्रधानमन्त्री लामिछाने निजी गाडीमा निस्किए – Nepal Press

प्रधानमन्त्री सरकारी गाडीमा, उपप्रधानमन्त्री लामिछाने निजी गाडीमा निस्किए

प्रधानमन्त्रीले पेरिसडाँडाबाट सम्बोधन गर्ने कार्यक्रम रद्द

काठमाडाैं । संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट निस्किएका छन् । उनी सरकारी गाडीमा स्कर्टिङ सहित निस्किएका थिए ।

प्रधानमन्त्री प्रचण्ड शीतल निवासतिर लागेको बुझिएको छ । यसअघि उनी पार्टी कार्यालय पेरिसडाँडा गएर जनताका नाममा सम्बोधन गर्ने कार्यक्रम थियो । तर, त्यो कार्यक्रम स्थगित गरिएको छ ।

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि बाहिरिएका छन् । लामिछाने निजी सवारी चढेर हिँडेका थिए । उनी चढेको स्कर्पियोको अगाडि र पछाडि स्कर्टिङ थियो । श्रम मन्त्री डीपी अर्यालकाे सरकारी गाडी झण्डा छोपेर खाली गएकाे छ भने उनी आफ्नै निजी गाडीमा गएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर