प्रधानमन्त्रीबाट पदमुक्त प्रचण्डलाई खुमलटारमा गीतसंगीत र बाजागाजासहित स्वागत
काठमाडाैं । प्रधानमन्त्रीबाट पदमुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निजी निवासमा फर्केका छन् । उनलाई खुमलटारमा भव्य स्वागत गरियो ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । उनी संसद भवनबाट शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइभेट गरेका थिए । त्यहाँबाट उनी बालुवाटार नगई सिधै खुमलटार गए, जहाँ उनको निजी निवास रहेको छ ।
प्रधानमन्त्री पुग्दा खुमलटारमा भिडभाड थियो । माओवादी सम्वद्ध विभिन्न संघ–संगठनका कार्यकर्ताहरु उनको स्वागत गर्न बसेका थिए । माओवादीका केही नेताहरु पनि पुगेका थिए ।
प्रधानमन्त्री आउनासाथ बाजागाज र गीतसंगीत गुञ्जिन थाल्यो । उनलाई खादा र माला पहिर्याइयो । संसद भवनमा निकै उदास देखिएका प्रचण्ड निवासमा पाएको न्यानो स्वागतले अलिकति उज्याला बने । उनले छोटो सम्वोधन पनि गरे ।
नङ्गा नाचे नौ दाउ
नाङ्गो पुस्पकमललाई त्यसरी जयजयकार गर्ने ती झोलेहरुको चेतनास्तर कठै !