नयाँ सरकार गठनका लागि आजै आह्वान गर्ने तयारी, संविधानविदले राष्ट्रपतिलाई के दिए सुझाव ? – Nepal Press

नयाँ सरकार गठनका लागि आजै आह्वान गर्ने तयारी, संविधानविदले राष्ट्रपतिलाई के दिए सुझाव ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई आजै आह्वान गर्ने तयारी शीतल निवासमा भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयबाट आइसकेको र सरकार कामचलाउ भएको राष्ट्रपति कार्यालयकै विज्ञप्ति समेत जारी भइसकेको छ ।

कांग्रेस र एमालेले केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर लिखित समर्थनसहितको पत्रमा हस्ताक्षर समेत गरिसकेका छन् । शीतल निवास स्रोतका अनुसार आजै राति ९ बजेभित्र राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ ।

यसअघि राष्ट्रपतिले संविधानविदहरुलाई बोलाएर सरकार गठनको संवैधानिक प्रक्रियाका बारेमा परामर्श समेत गरेका थिए । छलफलमा सहभागीमध्ये दुईजना बाहेक सबैले धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गर्न सुझाव दिएको बताइएको छ ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले भने धारा ७६ को उपधारा ३ बमोजिम हुनुपर्ने बताएका थिए भने विपिन अधिकारीले कुनै धारा उल्लेख नगरी दलहरुलाई आह्वान गर्न सकिने सुझाव दिएका थिए ।

वरिष्ठ अधिवक्ताहरु ह्रिहर दाहाल, टिकाराम भट्टराई, पूर्णमान शाक्य, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी र सिताराम केसीले भने संविधानको व्यवस्था, सर्वोच्च अदालतको नजिर र यसअघिका प्रदेशका तथा संघीय सरकारका अभ्यास समेत उदृत गर्दै अब बन्ने सरकार उपधारा २ बमोजिमकै हुने बताएका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर