कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ।पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठकले नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुनेको नाम पनि  टुङ्गो लगाउने जनाइएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जानकारी दिए ।
कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनका लागि हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरिसकेका छन् । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए  ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर