चार महिनापछि सत्तामा फर्किने निश्चित भएपछि कांग्रेस नेताहरूमा झुल्किएको मुस्कान (तस्विरहरू) – Nepal Press

चार महिनापछि सत्तामा फर्किने निश्चित भएपछि कांग्रेस नेताहरूमा झुल्किएको मुस्कान (तस्विरहरू)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरू भएको छ । पार्टी मुख्यालय सानेपामा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक राखेका हुन् ।

जारी बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्री छान्ने मापदण्ड तय गर्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्न हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी पेश गरिसकेका छन् । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्य सहभागी छन् ।

चार महिनापछि सत्तामा फर्किन लागेको कांग्रेसले पार्टीबाट सरकारमा जाने पाँच मन्त्रीको नाम टुंग्याइसकेको छ । बाँकी नाम छान्न देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रचण्डले एमाले फागुन २१ मा काँध मिलाएपछि कांग्रेस सत्ता बाहिर पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर