प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने
नेपाल प्रेस
२०८१ असार २९ गते १७:२१
काठमाडौं । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।
आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ ।
यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ ।
प्रतिक्रिया