भिडिओ गेमको किङ ‘जीटीए’ : ३० वर्षदेखि निरन्तर वर्चस्वमा – Nepal Press

भिडिओ गेमको किङ ‘जीटीए’ : ३० वर्षदेखि निरन्तर वर्चस्वमा

काठमाडौं । गेमिङ इन्डस्ट्रिजको विकासमा कायापलट नै भएको मानिन्छ । त्यस कायापलटमा लाखौं गेमिङ कम्पनीहरू उदाए र सदाका लागि विलीन पनि भए । हरेक प्रविधिको विकास र परिवर्तनमा नयाँ कुरा थपिँदा केही न केही कुरा हराउँछन् नै । यसरी अस्तित्व मेटिएको धेरै आविष्कार भेट्न सकिन्छ ।

गेमिङ व्यवसायमा भिडिओ गेम, अनलाइन गेम, मोबाइल गेम, भर्चुअल गेम, क्लाउड गेम लगायत थुप्रै गेमहरू अहिले उपलब्ध छन् । जुन २० औं शताब्दीमा केबल कम्प्युटर र केही प्ले स्टेसनहरूमा सीमित थियो । यद्यपि २० औं शताब्दीको अन्त्य १९९७ मा नोकिया ६११० मोडलमा ‘स्न्याक’ गेम लन्च गरिएको थियो ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय गेमिङ व्यवसायको रेभिन्यू २२७ बिलियन रहँदा नै ‘पीडब्लूसी’ ले सन् २०२७ सम्म उक्त गेमिङ व्यवसायको रेभिन्यू ३१२ बिलियन डलर पुग्ने आंकलन गरेको थियो । जुन २०२४ मा आइपुग्दा नै ४५५ बिलियन पुगिसकेको छ । अहिलेको रेभिन्यूलाई हेर्दै ‘स्टाटिक्स’ ले सन् २०२९ सम्म ६६६ बिलियन रेभिन्यू पुग्ने अनुमान गरेको छ । जुन सन् २०२६ भित्र नै पार गर्ने आंकलन गरिएको छ ।

गेमिङ व्यवसायको बजारमा सन् २०२४ सम्म आइपुग्दा संयुक्त राज्य अमेरिकाले मात्रै ४६.४ बिलियन डलर रेभिन्यूको मार्केट बनाएको छ । त्यस्तै, नेपालकै छिमेकी राष्ट्र चीनले ४४ बिलियन डलरको मार्केट र जापानले १९.१ बिलियन डलरको रेभिन्यू कमाउने मार्केट बनाइसकेका छन् ।

अहिलेको पुस्ताले गेमिङ क्षेत्रमा मल्टिप्लेयर अर्थात् समूहमा खेल्ने खालका गेमहरूबाट प्रभावित गरिरहेको छ । जति प्रविधिको विकास र टेक्नोलोजीमा हुँदै गरेको भर्चूआलिटीले यतातिर सबैलाई खिचिरहेको देखिन्छ । गेमिङ इन्डस्ट्रिजहरुले रियालस्टिक अर्थात् वास्तविकतामा जोड दिएर गेमहरू बनाइरहेका छन् । ताकि स–साना देखि युवाहरूले गेम खेल्दा भौतिक उपस्थितमा खेलेजस्तो महसुस गरुन् ।

गेमहरू बनाउँदा रियालस्टिक ग्राफिक्सले मानिसहरूलाई आफूतर्फ खिच्नका लागि ठूलो भूमिका खेल्दछ । गेम डेभलपरले पनि गेमको स्टोरीलाइनमा भर्चुआलिटीलाई पनि रियालस्टिकमा कसरी जोड्न सकिन्छ भन्ने कुरामा बढी ध्यान दिएको देख्न सकिन्छ ।

पछिल्लो समय भर्चुअल रियालेटी (भिआर) र अगुमेन्टेड रियालेटी (एआर) गेमहरूले राम्रो चर्चा र प्रयोगकर्ताहरू आकर्षण गर्दै आइरहेको छ । यसको पछिल्लो उदाहरण पबजी र फ्रि फयर हो । जसमा मानिसहरू अत्यधिक मात्रामा एडिक्टेड भएर विभिन्न राष्ट्रहरूले यस्ता गेमहरूलाई प्रतिबन्ध समेत लगाए ।

बढ्दो शहरीकरणले पनि डिजिटल गेमिङ इन्डस्ट्रिजलाई बढावा दिएको देखिन्छ । बालबालिकाहरुले सानै उमेरदेखि भौतिक खेलहरूमा भन्दा भिडिओ गेमहरूमा बढी रुचि देखाएको पाइन्छ । त्यसको पहिलो कारण शहरीकरणले भौतिक रूपमा खेलिने खेलहरूको स्थानलाई साँघुरो बनाइदिएको छ । अर्को भनेको कम्प्युटर, मोबाइल, ल्यापटपले गर्दा मानिसहरू बाहिर निस्कनै रुचि देखाउँदैनन् ।

गेमहरू बनाउने प्रतिस्पर्धा र हराउने प्रवृत्ति

सन् २०१३ देखि गेमिङ व्यवसायमा डिजिटल प्लेटफर्महरूको व्यापक विकास भएसँगै गेमहरू बनाउने क्रम आक्रामक रूपमा वृद्धि भएको देखिन्छ । सन् २०१३ मा विश्व बजारमा कूल ४३५ वटा गेमहरू मात्रै रिलिज भएका थिए । त्यस्तै, सन् २०१४ मा आइपुग्दा एकै वर्ष १ हजार ७१५ गेमहरू रिलिज भए । एकाएक गेमहरू बनाउने क्रम अत्यधिक रूपमा बढ्यो ।

सन् २०१५ गेमहरू रिलिज हुने संख्या २ हजार ८२७ पुग्यो । २०१६ मा मात्रै ४ हजार ६६५ गेमहरू रिलिज भए । २०१७ मा ६ हजार ९४५ र २०१८ मा ८ हजार ८९३ गेमहरू रिलिज हुँदा त्यसपछि गेमहरू रिलिज हुने क्रममा सामान्य ब्रेक लागेजस्तो भयो । र २०१९ मा ८ हजार ११८ गेमहरू रिलिज भए ।

२०१९ मा कोरोना भाइरसको महामारीमा गेमिङ र इन्टरटेनमेन्ट इन्डस्ट्रिजहरुले राम्रो नाफा कमाए । तथ्यांक हेर्दा २०२० मा मात्रै ९ हजार ७२८ नयाँ गेमहरू रिलिज भए । २०२१ मा मात्रै विश्वभर ११ हजार ३५० गेमहरू रिलिज गरिँदा २०२२ मा १२ हजार ६ गेमहरू रिलिज भएको देखिन्छ । गत वर्ष २०२३ भरीमा मात्रै १४ हजार ४०१ नयाँ गेमहरू रिलिज भएका थिए । एकै वर्षमामा १० सौं हजार बढी गेमहरू उत्पादन हुने गरेका छन् ।

गेमिङ इन्डस्ट्रिजमा गेमहरू बनाउने क्रम प्रतिस्पर्धात्मक रूपमा बढ्दै गरेको देख्न सकिन्छ । तर, त्यसमा पनि यी रिलिज हुने गेमहरूको तथ्यांक मात्रै हो । रिलिज भएर प्ले स्टोर र एप स्टोरहरूमा गेमहरू नचल्दा अथवा कसैले मन नपराएर इग्नोर हुँदै लाखौं गेमहरू रिमुभ अर्थात् हटाइने गरिन्छ ।

विश्व बजारमा उदाएका भिडिओ गेमहरूमध्ये ८७ प्रतिशत गेमहरू हराउने ‘मेमिङ हब’ ले प्रकाशित गरेको लेखमा उल्लेख गरिएको छ । एक वर्षमा १० हजार गेमहरू मार्केटमा आउँदा करिब ९ हजार गेमहरू नचलेरै बन्द हुने वा हराउने गर्दछन् ।

सन् २०२३ मा मात्रै भिडियो जेमिङ इन्डस्ट्रिजहरु बन्द हुँदा करिब १० हजार जनाको रोजगारी गएको एक अध्ययने देखाएको छ । यसले यो क्षेत्रतर्फको क्रेज मात्रै नभएर निराशालाई पनि देखाउँछ ।

भिडिओ गेमिङ व्यवसायमा सन् १९९७ तिर उदाएको ‘ग्राण्ड थेफ्ट अटो’ अर्थात् जीटीए नामक भिडिओ गेमले बजारमा सधैँ चर्चा कमाइरह्यो । भिडिओ गेमबाट सुरु भएको जिटीएले आफूलाई डिजिटल बजारमा छिटै प्रवेश गराएको थियो ।

सन् २००९ सम्म अमेरिकामा ५ वटा मात्रै भिडिओ गेमहरू डिजिटल रूपमा बिक्री हुने गर्दथे । जसमा जीटीए पहिलो नम्बरमा थियो । त्योसँगै लाखौँ भिडियो गेमहरू आए र हराए । तर, जीटीए भने सधैँ शीर्ष स्थानमा नै रहन सफल भयो ।

जीटीएको मुख्य विशेषता भनेको यसमा कुनै पनि मानिसले गर्न नसक्ने कामहरू यस गेममा गर्न सकिन्थ्यो । सबैभन्दा थ्रिल्ड र बोल्ड भर्जनमा बनाइएको जीटीएले मुख्यतया क्राइमलाई बढावा दिएको थियो । जुन अहिले पनि कायम नै छ ।

सन् १९९७ मा पहिलो ‘ग्राण्ड थेफ्ट अटो’ भिडिओ गेम कम्प्युटर र प्ले स्टेसनमा रिलिज गरिएको थियो । जुन एमएस डस र विन्डोजमा उपलब्ध थियो । जीटीए गेमलाई अन्य गेमहरूभन्दा भोइलेन्स र थ्रिल्ड बनाइएकोले यसले बजारमा निकै चर्चा र आलोचना दुवै कमायो ।

१९९७ मा कम्प्युटर र प्ले स्टेसनमा रिलिज भएको उदाएको जीटीए अहिले २०२४ सम्म आइपुग्दा २४ प्लेटफर्महरूमा उपलब्ध छ ।

विश्वको सबैभन्दा ठूलो गेमिङ स्ट्रिम प्लेटफर्म ट्वीचमा ‘ग्रान्ड थेप्ट अटो’(जीटीए) भएको एक्सप्लोडीङको तथ्यांकले देखाउँछ । प्रत्येक महिनामा जीटीए गेम १२ करोड ८८ लाख घण्टा भ्युज पुग्छ । विश्वको सबैभन्दा ठूलो गेमिङ स्ट्रिम प्लेटफर्म अर्थात् अनलाईन गेमिङहरुलाई प्रसारण गर्ने प्लेटफर्म ट्वीच हो ।

३० वर्षदेखि टिक्न सफल जीटीए

एक यस्तो पनि समय थियो । मानिसहरू साइबरमा गएर प्रतिघण्टा १० देखि २० रुपैयाँ तिरेर भिडिओ गेमहरू खेल्थे । गेमिङ दुनियाँको क्रेज र त्यसप्रतिको लगाव छुट्टै दौडमा भागिरहेको थियो ।

अहिले मोबाइलको प्ले स्टोरमा गएर पबजी, कल अफ ड्युटी, सोया सफ, केन्डी क्रस डाउनलोड गरेजस्तो सजिलो र छिटो थिएन । केही सीमित गेमहरू र सीमित माध्यहरूमा गेमिङ व्यवसाय चलिरहेको थियो । २१ औं शताब्दीमा मोबाइलबाटै लाखौँ गेमहरूका विकल्पहरू पनि थिएनन् भने सबैले कम्प्युटरको पहुँच पनि पाउँदैन थिए ।

केही भिडिओ गेमहरूको सीमिततामा उदाएको ‘ग्राण्ड थेफ्ट अटो’ जीटीए नामक भिडिओ गेम अहिले पनि सुनिने नामहरूमा पर्दछ । अहिलेसम्म आइपुग्दा पनि विश्वको ठूला भिडिओ गेमहरूको लिस्टमा जीटीए दोस्रो नम्बरमा पर्छ । विश्वको सबैभन्दा बढी बिक्री हुने गेमहरूको लिस्टमा भने जीटीए १९५ मिलियन बढी युनिटको बिक्रीसहित तेस्रो स्थानमा रहेको आईएजी डटकमको तथ्यांकले देखाउँछ ।

भिडिओ गेमहरूको तुलनामा सबैभन्दा बढी बिक्री हुने भिडिओ गेम ‘माइनक्राफ्ट’ हो । उक्त माइनक्राफ्ट सन् २०११ मा रिलिज भएको भिडिओ गेम हो । तर, जीटीए भने १९९७ मा नै बजारमा आएको हो ।

२० औं शताब्दीको अन्त र २१ औं शताब्दीको सुरुवातमा जन्मेकाहरूले ‘जीटीए’ नामक भिडिओ गेमको नाम अवश्य नै सुनेको हुनुपर्छ । २१ औं शताब्दीको सुरुवातमा भिडिओ गेमको बजारमा सबैभन्दा चर्चित र बढी खेलिने गेमहरूमा जीटीए थियो ।

सुरुवातमा बेलायती कम्पनी रकस्टार नर्थले विकास गरेको यस गेमलाई यसको अमेरिकन मूल कम्पनी रकस्टार गेम्सले सार्वजनिक गरेको थियो ।

कम्प्युटर र प्ले स्टेसनमा रिलिज गरिएको जीटीए गेम एमएस डस र विन्डोजमा उपलब्ध थियो । जिटीए गेमको भाइलेन्स र थ्रिल्डले गर्दा बेलायतको ‘हाउस अफ लर्ड्स’ ले प्रतिबन्ध समेत लाउने चेतावनी दियो । तर, प्रतिबन्ध लगाउन सकेन । उल्टै थोरै मात्रमा जीटीएको बारेमा थाहा नपाएकाहरूले कन्टोभर्सीका कारण जीटीए गेमबारे थाहा पाए ।

सुरुमा जीटीए सार्वजनिक हुँदा तीन वटा लोकेसन र ६ लेबलमा सुरु गरिएको थियो । जहाँ गेम खेल्दा गाडीहरू चोर्ने र फाइटहरु गर्न सकिने गरी गतिविधि सामेल गराइएको थियो । जुन निकै युनिक कन्सेप्ट थियो ।

यसको मुख्य विशेषता मानिसहरूले जे आफ्नो वास्तविक जीवनमा गर्न सक्दैनन् त्यो गर्न सक्थे र वास्तविक जीवनमा गरेजस्तै अनुभव लिन सक्थे ।

सन् १९९९ मा आएर जीटीएको गेमहरूलाई बनाउने काम डीएमए डिजाइनले गर्यो भने ‘रक स्टार गेम्स’ ले पब्लिक गर्यो । जीटीए २ लाई पनि एउटै मोटीभ बनाएर सार्वजनिक गरिएको थियो ।

जीटीए २ मा अलिक भिन्न फिचरहरू थप गरिएका थिए । जीटीए २ मा मिसनहरू दिइएका थिए र जसलाई पास गरेर पैसा कमाउने कुरालाई जोड दिइएको थियो । साथै गाडीहरू जलाउने, सामानहरू डेलिभरी गर्ने फिचरहरू थप गरिएका थिए ।

सन् २००१ मा कम्पनीले जीटीए २ अन्तर्गत आफ्नो ग्राफिक्सलाई थ्रिडीमा लैजाँदै जीटीए ३ लन्च गर्यो । थ्रिडीको सुरुवातमा नै जीटीएले त्यसमा लगानी गर्यो । जीटीएले थ्रिडीमा लगानी गरेसँगै भिडिओ गेमिङ व्यवसायमा शीर्ष स्थानमा आउन सफल पनि भयो । त्यसको सफलतापछि सन् २००२ मा नै जीटीएले ‘जीटीए –भाईसीटी’ रिलिज गर्यो । जीटीए–३ अन्तर्गत सात वटा सिरिज ल्याएपछि कम्पनीले सन् २००८ मा जीटीए–४ सिरिज लन्च गर्यो ।

जीटीए–४ लाई एचडी युनिभर्समा लन्च गरिएको थियो । प्रविधिको विकाससँगै जीटीएले आफूलाई टु डी बाट थ्रिडी हुँदै एचडीमा अपग्रेड गर्यो । जुन उक्त गेमका लागि सबैभन्दा ठूलो र महत्पूर्ण खम्बा बन्न सावित भयो ।

२०१३ मा आएर जीटीएले आफ्नो पाँचौँ सिरिज लन्च गर्यो । यति बेलासम्म बजार हजारौँ गेमहरू आइसकेका थिए । जीटीएले पनि बजारमा आफ्नो राम्रो व्यवसाय बढाइसकेको थियो ।

भिडिओ गेमलाई एचडी युनिभर्समा मात्रै सीमित राख्नका लागि जीटीएलाई प्रविधिको अर्को चुनौती आयो । जुन सिङ्गल प्लेयर मात्रै नभएर मल्टी प्लेयर र मेर्टाभर्स रियालस्टिक ग्राफिक्स थिए । उक्त चुनौतीलाई चिर्दै जीटीएले १०१३ मा ‘जिटीए–भाईसीटी’को को पाचौं सिरिज लन्च गर्यो ।

जुन अनलाइनमा प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध गराइएको थियो । ग्राफिक्स र मल्टी प्लेटर्फमहरुमा खेल्न सकिने थियो । जिटीएको पाँचौं सिरीजले बजारमा यति राम्रो चर्चा कमायो कि अहिले करिब १० वर्षपछि २०२३ सम्म आएर हेर्दा पनि विश्वको सबैभन्दा बढी बिक्री हुने भिडिओ गेममा जीटीएको भाईसीटी सिरिज नै पर्छ ।

जीटीएले सन् २०२५ मा आफ्नो छैठौँ सिरिजलाई लन्च गर्ने जनाएको छ । जसका लागि अहिले नै जीटीएले आफ्नो अप्डेटहरु बारम्बार दिइरहेको छ । अहिलेसम्म जीटीए गेम टिक्नुको कारण भनेको सबै प्लेटफर्महरुमा उपलब्धता र निरन्तर अपडेट हो । जुन अहिलेको समयमा निकै चुनौतीपूर्ण छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *