मन्त्रालयबाट बाहिरिँदै गर्दा निर्मला पन्त र जीवी राईबारे रविले के भने ? (भिडिओ)
काठमाडौं । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट बिदाई भएका छन् । हिँड्नुअघि पत्रकार सम्मेलनमा उनले निर्मला पन्तको हत्यारा पत्ता लागाउन अनुसन्धान नजिक पुगेको बताए ।
त्यसबारे उनको भनाइः
निर्मला पन्तको विषयमा नजिक पुगेका छौं हामी, बारम्बार सोधेपनि रिजल्ट आएपछि मात्रै भन्ने भनेर मैले नबोलेको हुँ । सुरक्षा निकायलाई राम्रोसँग थाहा छ । मलाई क्रेडिट जाँदैन । कुनै नेता र मन्त्रीले नपाओस्, प्रहरी सक्षम छ ।
जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुरा भएको छ । केही कानूनी जटिलताहरू भएका छन् । त्यो जटिलता पूरा गरेर म नभएपनि आउने गृहमन्त्रीले पूरा गर्नुस् । त्यो श्रय नेपाल प्रहरीले प्राप्त गरोस् । म त्यसका लागि आफूसँग भएको सूचना जतिबेला पनि उपलब्ध गराउँछु । मेरो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भन्ने होइन ।
दुई ठूला दल मिलेर अनुसन्धान प्रभावित पार्नसक्ने उनले आशंका जनाए ।