त्रिशूलीमा भएको दुर्घटनका लागि विशेष प्याकेज ल्याउन व्यवसायीको माग – Nepal Press

त्रिशूलीमा भएको दुर्घटनका लागि विशेष प्याकेज ल्याउन व्यवसायीको माग

काठमाडौं । चितवनको सिमलतालमा गत शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता व्यक्ति, चालक, सहचालक र बस धनीका लागि सरकारले विशेष राहतको प्याके ल्याउन पर्नुपर्ने व्यवसायीहरुले बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बस दुर्घटना भएको २ दिनसम्म पनि यात्रु र सबको खोजी राज्यले गर्न नसकेको बताए ।

उनले भने, ‘दुर्घटना भएको बसमा कति यात्रु थिए भन्नेसम्म पनि राज्यले भन्न सकेको छैन । उद्धारको नाममा उद्धार जस्तो मात्रै गरिएको छ । राज्यले दुर्घटना भएको २ दिनसम्म कति यात्रु र तीनको नामसम्म सार्वजनिक गर्न सकेको छैन । यदि जहाज दुर्घटना भएको भए अहिले राज्यको सबै ध्यान दुर्घटनामा हुन्थ्यो । २ वटा बस दुर्घटना भएको कुरालाई राज्यले गम्भीर रूपमा लिएको छैन । दुर्घटना भएको बसमा भएका यात्रु, चालक, सहचालक र बस धनीलाई समेटिने गरेर विशेष राहतको प्याके ल्याउन आवश्यक रहेको छ । त्यो प्याकेजमा दुर्घटनामा परिका, चालक र सहचालक परिवारलाई विशेष राहत दिनु पर्छ । तत्काल नै राज्यले यो काम गरियोस् ।’

हाल १४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।

उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर