द नी हिलिङ क्लिनिकको उद्घाटन – Nepal Press

द नी हिलिङ क्लिनिकको उद्घाटन

काठमाडौं । द नी हिलिङ क्लिनिकको नयाँ परिसरको उद्घाटन भएको छ । इन्टिग्रेटिभ मेडिसिनको नौलो अवधारणा लिएर खुलेको यस क्लिनिकले विगत दुई वर्ष देखि फिजियो थेरापी, आयुर्वेदिक चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा एकै ठाउँमा सञ्चालन गरी सेवा दिँदै आएको छ ।

कार्यक्रमको सभापतित्व द नी का अध्यक्ष अर्थोप्डिक सर्जन डा.रुपेश वैद्यले थिए भने प्रमुख अतिथिका रूपमा नेपालको पहिलो महिला आयुर्वेदिक डाक्टर डा. सरिता श्रेष्ठलाई निम्त्याइएको थियो ।

कार्यक्रममा वरिष्ठ न्यूरोलोजिस्ट डा. सर्वोत्तम भुसाल, प्रानका अध्यक्ष डा. सुरज भुसाल, ग्लोबल आइ.एम.इ का सि.इ.ओ. डा. रत्न राज बज्राचार्य र राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली पनि विशेष अतिथिका रूपमा उपस्थित थिए ।

भर्खरै दोस्रो वार्षिकोत्सव मनाएको द नीको बारेमा सञ्चालक समिति सदस्य ई.दिनेश लाल श्रेष्ठले जानकारी दिएका थिए भने अर्का सञ्चालक समिति सदस्य डा. करिष्मा मल्ल वैद्यको मन्तव्यसँगै कार्यक्रमको समापन भएको थियो ।

द नी हिलिङ क्लिनिक जावलाखेल दामोदर मार्गमा अवस्थित रहेको छ । यस अघि यो क्लिनिक जावलाखेल स्थित स्विस दूतावासको अगाडि रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर