बाढी पहिरोमा परेका उपचार र राहतको व्यवस्था मिलाउन सरकारसँग जसपाको माग
नेपाल प्रेस
२०८१ असार ३० गते १६:४४
काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) ले बाढी र पहिरोले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी र पहिरोले भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ।
अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सदस्यहरू तथा भ्रातृ संगठनहरूलाई समेत आग्रह गरेका छन्।
प्रतिक्रिया