सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन बालकोटमा एमालेकाे छलफल सुरु
नेपाल प्रेस
२०८१ असार ३० गते २१:१९
काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा एमालेले छलफल सुरु गरेको छ ।
सरकारमा सहभागी हुने नेताहरुको नाम टुंगो लगाउन एमाले अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरु छलफलमा बसेका हुन् ।
प्रतिक्रिया